२०८३ कार्तिक ३० सोमवार ०७:५६:२५ PM साँझ
सहकारी लेख October 07, 2026 59 views

कृषि तथा ग्रामीण सहकारीमा प्रविधि

कृषि तथा ग्रामीण सहकारीमा प्रविधि

ग्रामीण क्षेत्रमा सहकारीमार्फत डिजिटल भुक्तानी र कृषि सूचना प्रणाली विस्तार भइरहेको छ। UNCDF को परियोजनामा दुग्ध सहकारीहरूमा डिजिटल वालेट प्रयोग गरिएपछि किसानहरूले समयमै भुक्तानी पाउन थालेका छन्। कोभिड लकडाउनमा डिजिटल वित्तीय सेवाको प्रयोग ६०० प्रतिशतले बढेको तथ्यांकले ग्रामीण तहमा यसको माग र स्वीकार्यता देखाउँछ ।

Heifer Nepal ले GeoKrishi SEWA नामक डिजिटल मञ्च विकास गरेको छ, जसले कृषि परामर्श र सहकारीको व्यवसायिक प्रक्रियालाई डिजिटल बनाउँछ। यो मञ्च सन् २०२७ सम्म ३०० सहकारीसम्म विस्तार गर्ने लक्ष्य छ ।

मुख्य चुनौती भनेको साइबर सुरक्षा हो। डिजिटल सेवा विस्तारसँगै सदस्यको डाटा चोरी, अनाधिकृत रकम स्थानान्तरण जस्ता जोखिम बढेका छन्। यसका लागि सुरक्षित प्रविधि पूर्वाधार र नियमनकारी संयन्त्र आवश्यक छ । साथै, डिजिटल साक्षरता को अभावले ग्रामीण सदस्यहरूको पहुँच सीमित हुन सक्छ।

# बिबेक